काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि सातवटै प्रदेशबाट प्रदान गर्ने भएको छ ।
आज (पुस २४ गते) देखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट सेवा प्रदान गर्ने भएसँगै अबदेखि सातवटै प्रदेशस्तरबाट यो सेवा सञ्चालन हुनेछ ।
यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट आजदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।