काठमाडौं । सेन्चुरी बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । बैंककोपुस २६ गतेदेखि १५ दिनसम्म कारोबार रोक्का हुने भएको हो ।

बैंकले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेप्सेलाई पत्र लेखेको छ ।प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेर (पुस २६ गते)बाट एकीकृत कारोबार सुरु गर्दैछ ।

दुबै एक भएपछि अब प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।