काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । साथै, आइतबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।