काठमाडौं । एनएमबि बैंकले २७औं वार्षिक साधारण सभा आज पुस २५ गते हुँदै छ ।

सभा प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजे सुरु भएको छ । बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा, नोक्सान, हिसाव, नगद प्रवाह लगायतका वित्तीय अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।