काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज पुस २५ गतेबाट १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।
यस ऋणपत्रमा छिटोमा पुस २८ सम्म बिक्रीको मिति तय गरेको बैंकले सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।