काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा भएको छ ।

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पूँजी एक अर्ब २८ करोडको ६.७० प्रतिशत अर्थात ८ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर एवं उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी २७ औं वार्षिक साधारणसभाबाट अनुमोदन पश्चात वितरण गर्नेछ । यसका साथै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरण समक्ष पेश गर्ने निर्णयसमेत गरेको छ ।