काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ पर्ने निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ थियो ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ र बाह्य तर्फको प्रति किलोलिटर ३० रुपैयाँ घटाएको छ । अब आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ र बाह्य तर्फको इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ४२० डलर तोकिएको छ ।