काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान ७ बजेर ४५ मिनेटमा बसेको सञ्चालक समितिको बैठकले चुक्त पूँजीको २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यस्तै, बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनानफाबाट चुक्ता पूँजी १३ अर्ब १८ करोडको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ ।