काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले बागमती जिल्लास्थित वडा नं २५ मा रहेको जनबाहल, भेडासिंहमा पुस २५ गतेबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
उक्त समारोहको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं। २५ का अध्यक्ष राजेश डंगोले गरेका हुन् । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो ।
बैंकले आगामी दिनमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ ।