काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले २ सय ६८ सासंदको समर्थनसहित विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीको निर्वाचनमा २ सय ७० सांसद सहभागी भएकोमा २ जनाले भने विपक्षमा मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा ७६ को उपधारा ४ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।