काठमाडौं । साताको कारोबारको चौथो दिन सुनको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले तेजावी सुन प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । साथै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।