काठमाडौं । सीबीआइएल क्यापिटलका अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । आइतबार बसेको १०५औं सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बैठकमा सिटिजन्स बैंक इन्टरनेशनलतर्फबाट अन्य सञ्चालक राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।
संस्थाले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रवर्द्धन धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता(अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि(म्याट खाताजस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरेर काम गर्दै आएको छ ।