काठमाडौं । एभरेष्ट बैंकले ऊर्जा ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ ९ गतेसम्म पुर्याइएको हो ।

यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ । बैंकले पुस २५ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।