काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २१।०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनसहित ६.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
त्यसैले, कम्पनीले १६ करोड ८३ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।