काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले ५।२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको मंगलबार (पुस २६ गते) बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५५ बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यसर्थ, बैंकले २ करोड ५० लाख रुपैयाँको बोनस वितरण गर्नेछ । यस्तै, १३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस वितरण गरिने बैंकले जनाएको छ ।