काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुन चाँदीको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । साथै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।