काठमाडौं । सानिमा बैंकले नयाँ अफर सार्वजनिक गरेको छ ।
सानिमा भिसा कार्ड प्रयोगकर्तालाई नेपालको विभिन्न मर्चेन्टमा विशेष छुट उपलब्ध गराएको हो । ग्राहकले सानिमा बैंकको भिसा कार्डमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् ।
काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ । साथै, सहकार्य भएका मर्चेन्टको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।