काठमाडौं । आइतबार बिहान पोखरामा दुर्घटनामा भएको जहाजमा भएका यात्रुको राष्ट्रिय परिचय खुलेको छ ।
उक्त जहाजमा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना यात्रु रहेका थिए ।
जसमध्ये, ५३ जना नेपाली, ५ जना भारतीय, आयरल्याण्डका एक, रुसका ४ जना, अर्जेन्टिनाका एक, कोरियाका दुई, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।