काठमाडौं । कालिका इनर्जी लिमिटेडको वार्षिक साधारणसभा माघ १० गते हुने भएको छ । उक्त सभा कम्पनीको कर्पोरेट अफिस बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ ।
यस्तै, सभामा आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको तर्फबाट पेश भएको प्रतिवेदन छलफल तथा पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल तथा पारित गर्ने, आर्थिक वर्ष २०७८/०८० का लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
साथै संचालक समितिको गठन गर्ने, कम्पनी सचिवको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा वार्षिक साधारणसभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने कम्पनीले जनाएको छ ।