काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी विराज ठक्करको नाममा रहेको ४३ हजार १ सय २३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले बुधबार (माघ ४ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।

तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जनाएको छ ।