काठमाडौं । शिखर इन्सुरेन्स कम्पनीले एकैसाथ दुई आर्थिक वर्षको साधारण सभा माघ २५ गते बोलाएको छ । कम्पनीले १७ औं र १८ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै, सभामा कम्पनीले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी जम्मा १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।