काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार यस कम्पनीको अधिकांश प्रमुख सूचक बढेका छन् ।

यसअवधिमा खुद नाफा ३८.३५ प्रतिशतले बढेर १४ करोड ४४ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यस माइक्रोफाइनान्सको वितरणयोग्य नाफा पनि ४१.५४ प्रतिशतले बढेर ९ करोड ८६ लाख २४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

यस्तै, खुद ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख ६७ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५२ पैसाले बढेर २५ रुपैयाँ १८ पैसा पुगेको छ ।