काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले लाभांश प्रस्तावसहित माघ १५ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको साधारणसभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिनेछ ।