काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्शे परिसूचक घटेको छ । आज नेप्शे परिसूचक ९.०१ प्रतिशतले घटेर २१७३.१० को बिन्दुमा कायम भएको छ ।

आज ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा सबैभन्दा धेरै रिडी पावर कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको कुल ३५ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी आज अपि पावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै सूचकमा गिरावट भएको छ ।