काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले बिहीबार (माघ ५ गते) देखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १०५ अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ९ईलाम जिल्लाका बासिन्दा० का लागि सेयर निष्कासन गरेको हो । त्यस्तै, १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।