काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रि गर्ने भएको छ । लघुवित्तले १ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रि गर्ने लागेको हो ।
लघुवित्तले बिक्रि गर्न लागिएको उक्त संस्थापक सेयरमा माघ १० गतेदेखि २४ गतेभित्र आवेदन दिनुपर्ने छ । उक्त सेयर प्रति कित्ता न्यूनतम ५५ प्रतिशतका दरले बोलकबोल माध्यमबाट बिक्रि खुल्ला गरिने छ ।
सेयर खरिदका लागि इच्छुक संस्थापक वा अन्य योग्य व्यक्ति तथा नेपालमा दर्ता भएको कम्पनी, संघ, संस्थाले बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा आइपुग्नेगरी आवेदन पेश गर्नुपर्ने छ ।