काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तको १०औं वार्षिक साधारणसभा आज माघ ६ गते हुँदैछ । कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मितिको तय गरेको हो । सभा क्राउन होटल हारती गंगटे, नुवाकोटमा आयोजना गर्ने जनाएको छ ।
यस्तै, कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्दैछ । सभाले आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।
त्यसैगरी यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धि सम्पुर्ण आवश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव सभाले पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् ।