काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्राले)चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको वित्तीय विवरणमा कम्पनीले ६ महिनाको अवधिमा ७६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नाफा ४४ करोड २६ लाख थियो । समिक्षा अवधिमा कम्पनीको नाफा ७३ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, खुद व्याज आम्दानी ६० प्रतिशतले वृद्धि भएको कारणले संचालन नाफा पनि ७३ प्रतिशत माथिले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ३२ करोड खुद व्याज आम्दानी गर्दा १ अर्ब ९ करोड संचालन नाफा गरेको छ । वितरणयोग्य मुनाफा पनि ७३ प्रतिशतले वृद्धि हुँदै ६० करोड ४१ लाख पुगेको छ ।

त्यसैगरी, नाफामा वृद्धि भएसँगै प्रति सेयर आम्दानी पनि वृद्धि भएको छ । प्रति सेयर आम्दानी ४ रुपैयाँ ४३ पैसाबाट वृद्धि भएर ७ रुपैयाँ ०९ पैसा पुगेको छ ।