काठमाडों । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।
शुक्रबार प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । साथै, आज चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।