काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३.९६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा रकम गत आर्थिक वर्षको तुलनामा ७.२३ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा बैंकको निक्षेप संकलन ४.४३ प्रतिशत बढेको छ भने कर्जा लगानी ६.२० प्रतिशत बढेको छ।