काठमाडौं । हिमालयन बैंकले प्राप्ति गर्न लागेको सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकासन गरेको छ । बैंकले यस चालू आर्थिक वर्षको त्रैमासमा ६३ करोड ७० लाख खुद नाफा आर्जन गरेको छ ।

यस्तै, गत वर्षको यसै अवधिको भन्दा बैंकको खुद नाफा २६.३९ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष यस अवधिमा बैंकले ५० करोड ४० लाख खुद नाफा गरेको थियो । यस वर्ष बैंकको सञ्चालन नाफा साढे २८ प्रतिशत बढेको छ । गत वर्ष ७३ करोड २२ लाख बढी रहेको सञ्चालन नाफा यस वर्ष ९४ करोड ९ लाख बढी भएको हो । यस दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख बढी छ ।

त्यसैगरि, यस वर्ष बैंकको निक्षेप संकलन 0.२३ प्रतिशत र कर्जा प्रवाह १.२७ प्रतिशत बढेको छ । बैंकले ९४ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । यस अवधिमा ८४ अर्ब ८ करोड १७ लाख बढी कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्क्रिय कर्जा गत वर्ष 0.९४ प्रतिशत रहेकोमा यस वर्ष २.४१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १४ रूपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रूपैयाँ ९६ पैसा रहेको छ