काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले दोस्रो त्रैमाससम्म १ अर्ब ५८ करोड ८० लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा बैंकको खुद नाफा ८९.२९ प्रतिशत बढी भएको हो । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८३ करोड ८९ लाख खुद नाफा आर्जन गरेको थियो ।
बैंकको दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने २ अर्ब ८४ करोड ६९ लाख रहेको छ । बैंकको चुक्तापूँजी वृद्धि भई १० अर्ब ६९ करोड ८० लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।
गत वर्ष ०.२६ रहेको निष्क्रिय कर्जा यस वर्ष ०.५५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २९ रूपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२१ रूपैयाँ ३९ पैसा रहेको छ ।