काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २४६.९७ प्रतिशत अर्थात् ३.४ गुणा वृद्धि भएको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ९३ लाख खुद नाफा कमाएको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा ६ करोड ७१ लाख नाफा कमाएको छ । चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको हो ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी १८० प्रतिशत र सञ्चालन नाफा २८२ प्रतिशत वृद्धि भएको छ ।
गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४६ पैसा रहेको कम्पनीको चालू आर्थिक वर्षमा १५ रुपैयाँ ४७ पैसा पुगेको छ । कम्पनीको चुक्ता पूँजी ८६ करोड ७९ लाख रहेको छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात ३७.९ गुणा,तरलता अनुपात ३१.९७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ८९ पैसा रहेको छ ।