काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र कालिकाको आगामी वार्षिक साधारणबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।