काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आइसीएफसी फाइनान्सको खुद नाफा घटेको छ । कम्पनीको ५७.७३ प्रतिशतले घटेर ३ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको यसैअवधिमा यसले ९ करोड २६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ५६.२९ प्रतिशतले घटेर ५ करोड ७७ लाख रुपैयाँमा झरेको छ ।

यता, आइसीएफसीको खुद ब्याज आम्दानी भने ३५.५५ प्रतिशतले बढेर २८ करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले २० करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६८ पैसा छ ।