काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक १३.७१ अंकले घटेर २,१६५.१० को बिन्दुमा पुगेको छ । आज १६६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४१ कम्पनीको सेयर मुल्य बढेको छ ।
आज दिनभरिमा २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबचे हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । आज बैंकको २७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ११ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।