काठमाडौं । शुभम पावर लिमिटेडले कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीरुका लागि आइपीओ निष्कासन गरिसकेकाले अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीको आइपीओमा आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।