काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ ।
आज सेयर बजार नेप्से परिसूचक ८.१४ अंकले बढेर २,१७३.२४ को बिन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको सेयर मुल्य बढेको छ भने ८९ कम्पनीको सेयर मुल्य घटेको छ । आज २४८ कम्पनीको ८३ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्बमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको सेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । शिभश्री हाइड्रोपावर कम्पनीको १० करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।