काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
मंगलार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । साथै, चाँदी भने स्थिर नै रहेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।