काठमाडौं । सुपर माई हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको छ । आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ५ लाख कित्ता सेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

क्यापिटलले आइपीओमा नपरेको पैसा लगानीकर्ताले आवेदन दिंदा उल्लेख गरेको बैंक खातामा फिर्ता गरिने जनाएको छ । बैंक मर्ज भएर खाता नम्बर परिनर्तन भएको खण्डमा जानकारी दिन क्यापिटलले जनाएको छ । आइपीओको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने छ ।