काठमाडौं । मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्ते दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३७.२५ प्रतिशतले घटेर २ करोड १७ लाख ४७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड ४६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी १२.२ प्रतिशतले घटेर ५ करोड ७२ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ३८.७३ प्रतिशतले घटेर २ करोड १७ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक २५ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा छ ।