काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । आज नेप्से परिसूचक १०.३७ अंकले बढेर २,१८३.६२ को बिन्दुमा कायम भएको छ । आज दिनभरिमा २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको आज १० करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मुल्य २७८ रुपैयाँमा कायम भएको छ ।

त्यसैगरी, आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रोपावरको ८ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपर तामाकोशीको ६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।