काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको छ ।
कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ लाख ४० हजार कित्ता सेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ८४ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले मंगलबार सेयर बाँडफाँड गरेको जनाएको छ । आईपिओको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
क्यापिटलका अनुसार आयोजना अति प्रभावित क्षेत्र अन्तर्गत २५० कित्तासम्म माग गर्ने १ हजार २ सय ७० जना स्थानीयले २ सय ५० कित्ता सेयर पाएका छन् । ३०० देखि २५०० कित्तासम्मको लागि आवेदन दिने १ सय ११ जनाले २ सय ८० कित्ता सेयर पाएका छन् । २८० कित्ता सेयर पाएका १ सय ११ जना मध्ये गोलाप्रथा बाट ३ जनाले १० कित्ता सेयर पाएका छन् । विदेशमा रहेका नेपाली श्रमिक तर्फ ८हजार ५ सय ९२ जना योग्य रहेकोमा ८ हजार ४ सय जनाले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् ।
क्यापिटलले आईपिओममा नपरेको पैसा लगानीकर्ताले आवेदन दिँदा उल्लेख गरेको बैंक खातामा फिर्ता गरिने जनाएको छ ।