काठमाडौं । सरकारले असार मसान्तसम्म कर तिर्ने शर्तमा क्रसर उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर यसअघि दर्ता नभई चलेका क्रसर भने बन्द गर्ने निर्णय सरकारको छ ।
यद्यपि, सरकारले मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा भने तोकेको छ ।