काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ ।

आज नेप्से परिसूचक ०.३५ अंकले घटेर २,१८३.२७ को बिन्दुमा पुगेको छ । आज २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ ।

यस्तै, आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ७० लाख ९५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।