काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामी भर्ने आज शुक्रबार अन्तिम दिन रहेको छ । बैंकको १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (माघ १३ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ १५० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले १५० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।