काठमाडौं । सुपर माई हाइड्रोपावरले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।

यो मध्ये १० प्रतिशत अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी ४ लाख १५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ ।