काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ८.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
बैंकले गत असार २७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीहरुको बोनस सेयर खातामा पठाइदिएको हो । असार २७ गतेपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । बैंकको गत साउन ९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ८.५० प्रतिशत बोनस सेयर कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ ।