काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
कम्पनीको बिहीबार (माघ १२ गते) बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत वर्ष यसले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।