काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।
पूरानो नागरिकता हाललाई कायम नरहेको फैसला अदालतले सुनाएसँगै लामिछानेको सांसद पद खारेज हुने भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।